समाचार

पूर्व मन्त्री सोनेलाल राय यादवको मृत्यु

sonelal raya

८ भदौ, काठमाडौं । पूर्व सहायक गृह राज्यमन्त्री सोनेलाल राय यादवको मृत्यु भएको छ ।

सर्लाहीको साविक खुटौना गाविस-४ र हाल मलङ्ग्वा नपा- ६ घर भएका ७२ वर्षीय पूर्वमन्त्री यादवको काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

लामो समयदेखी बीर अस्पतालमा उपचार गराइरहेका उनको अचानक आज दिउँसो मृत्यु भएको जनाइएको छ । उनको शब आज नै सर्लाही लगिने र मंगलबार अन्त्येष्टी गरिने जनाइएको छ ।

उनी राजाको शासनकालमा गृह सहायक राज्यमन्त्री थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस