समाचार

सुनकोशी नदीले बगाउँदा १२ बर्षीय बालक वेपत्ता

missing in river

८ भदौ, सिन्धुली । सुनकोशी नदीमा माछा मार्न गएका एक बालक सोमबार साँझ बेपत्ता भएका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ कुखुरेटारका १२ वर्षीय माधव माझीलाई माछा मार्ने क्रममा सुनकोसी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

बालकलाई नदीले बगाएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली, बालकका आफन्त र स्थानिय मिलेर खोजी कार्य भईरहेको भएपनि अहिले सम्म बालक फेला नपरेको डीएसपी केसीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस