समाचार

जूमको भिडियो च्याटमा समस्या

zoom

८ भदौ, काठमाडौं । अमेरिकी भिडियो कन्फ्रेन्सिङ एप जूमको भिडियो च्याटमा समस्या आएको छ । सोमवार बिहान भिडियो मिटिङ सेवा आंशिक रुपमा अवरुद्ध भएको थियो ।

प्रयोगकर्ताहरुले जुम वेबसाइटसँग प्रमाणीकरण गर्न नसकेको, ज्वाइन जूम मिटिङ र वेबिनार शुरु गर्न नसकेको लगायत गुनासोहरु पहिचान भएको कम्पनीले वेबसाइटमा बताएको छ । समस्याको कारणबारे भने कम्पनीले केही पनि बताएको छैन । यो समस्याको निराकरण गर्ने प्रयास भइरहेको समेत कम्पनीले उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामरीको समयमा जूम एप निकै उपयोगी बनेको छ । महामारीका कारण प्रभावित बनेको शैक्षिक र व्यवसायिक गतिविधिलाई भर्चुअल बनाउन जूमले निकै टेवा दिएको छ ।

मार्च ४ मा १ करोड ४० लाख रहेको जूमको मासिक सक्रिय प्रयोगकर्ता संख्या मे २७ मा बढेर १७ करोड ३० लाख पुगेको विश्लेषक कम्पनी एप्टोपियाको डेटाले देखाएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा कम्पनीको शेयर मूल्य पनि ३२५ प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस