
८ भदौ, काठमाडौं । भारतको महाराष्ट्रको रायगढ जिल्लाको महाडमा एक पाँच तले भवनको ३ तला भत्किएको छ ।
घटनामा कति जनाको मृत्यु भएको छ भन्ने विवरण आउन बाँकी छ । त्यहाँ २ सयभन्दा बढी फँसेको हुनसक्ने अनुमान गरिएको छ । १५ जनाको उद्धार भएको छ ।
अहिले उद्धार कार्य सुरु भएको छ । अहिलेसम्म एक जना ४१ वर्षका पुरुषको मृत्यु भएको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस