
८ भदौ, जुम्ला । जुम्लाको पातरासी गाउँपालिका वडा नम्बर ४ पट्यौकामा चट्याङ लागेर पाँच सय भन्दा बढी भेडा मरेका छन् ।
आज (सोमबार) दिउँसो ३ बजेतिर परेको चट्याङमा परी वनमा चराउन लगेका ५ सय ३१ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।
स्थानीय ११ जना किसानले पालेका भेडा चट्याङमा परी एकै ठाउँ मरेको धामीले जानकारी दिए । भेडा चराउन लगेका किसानहरु भने सुरक्षित रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस