![family murder](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
८ भदौ, काठमाडौं । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । त्यहाँको प्रहरीका अनुसार परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचना पाएपछि जाँदा झुन्ड्याएर हत्या गरिएको अवस्थामा उनीहरू फेला परेका हुन् ।
आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।
भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।
भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन ।
खरेले सञ्चारमाध्यमहरुलाई आफूहरुले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन ।