९ भदौ, बागलुङ । अविरल बर्षापछिको पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको मृत्यु भएको वडा अध्यक्ष युवराज महतले जानकारी दिए ।
परियारका घरका अन्य सदस्य भने अर्कै घरमा सुतेका कारण सकुसल रहेको महतले बताए ।
प्रतिक्रिया दिनुहोस