समाचार

आज दिउँसो र राति केही स्थानमा भारी वर्षा हुने

rain

९ भदौ, काठमाडौं । आज देशका केही भू-भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अब क्रमिक रूपमा पानी पर्न रोकिएर मौसम खुल्दै जाने छ । दिउँसोपछि भने फेरि बादल लागेर कतै-कतै मेघगर्जनसहित पानी पर्न सक्ने उनको भनाइ छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक/दुई ठाउँमा आज दिउँसो ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

त्यस्तै, रातीसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुुन सक्ने महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस