समाचार

अझै पत्ता लागेन पुजारी साहको हत्यारा

rautahat pujari

९ भदौ, रौतहट । प्रहरीले यहीँ रौतहटमा भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हत्या गरिएका हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेको छैन् ।

रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेको थियो । कसैसँग कुनै दुश्मनी नभएका र सँधै समाजको हितको निम्तिमात्र कार्य गरेका सन्त जस्तो व्यक्तिको हत्या भएकोे हप्ता दिन पुग्नलाग्दा पनि पनि एकजना हत्यारा पनि पक्राउ नपरेको भन्दै स्थानियले आपत्ती जनाएका छन् ।

पुजारी हत्याकाण्डको विषयमा छानबिन गर्न प्रदेश २ को प्रहरी टोलीसमेत खटिएको छ । तर पनि प्रहरीले अनुसन्धानलाई अझै निष्कर्षमा पु¥याउन सकेको छैन ।

प्रदेश २ प्रहरी कार्यालयका तर्फबाट अनुसन्धानका लागि रौतहट आएका एसएसपी यज्ञ विनोद पोखरेलले घटनाको विविध पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘हत्या गरिएका पुजारी शान्त स्वभावका थिए,’ एसएसपी पोखरेलले भने, ‘अनुसन्धान जारी रहेको छ । केही ढिलो भए पनि हत्याको रहस्य अवश्य खुल्नेछ ।’

अन्य हत्याकाण्डभन्दा यो केही फरक रहेकाले प्रहरीको अनुसन्धानले समय लिएको उनको दाबी छ । घटनाका दोषीहरु उम्कन नपाउने बताउँदै उनले प्रहरीको विभिन्न टिमले दोषी पत्ता लगाउन दिनरात काम गरिरहेको पोखरेलले बताए ।

सार्वजनिक जग्गामा आफ्नै लगानीमा मन्दिर बनाएर सोही स्थानमा कुटी बनाएर बसिरहेका पुजारीको हत्यापछि विश्व हिन्दु परिषद लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरुले घटना छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद प्रभु साहले पनि पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, साहलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि खेसरहिया बजारमा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग गृह प्रशासनसमक्ष राखेका छन् ।

‘यस्ता जघन्य अपराधका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनु पर्छ,’ सांसद साहले अनलाइनखबरसँग भने, ‘पुजारीको हत्या गर्नेलाई पक्राउ गर्न प्रशासनले ठोस पहल गर्नुपर्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस