९ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल शुरु भएको छ ।
दुई अध्यक्षबीच सोमबार नै भेटवार्ता हुने भनिएपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको व्यस्तताका कारण आज मात्र छलफल सुरु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । आज भईरहेको दुई अध्यक्षको छलफलबाट सचिवालय बैठक बोलाउने समेत सम्भावना रहेको छ ।
साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिवार आफ्नो प्रतिवेदन बुझाएपछि उक्त प्रतिवेदनमा केन्द्रित रहेर छलफल शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस