विश्व/प्रवास

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो

covid 19 india dead body

९ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ८४८ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका हुन् ।

अहिले भारतमा सात लाख चार हजार ३४८ कोरोना भाइरसका संक्रमित निको हुन बाँकी छन् भने २४ लाख चार हजार ५८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

स्रोतः एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस