
९ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ मध्यतिर गर्ने भनिएको क्यान साधारण सभा कोभिड १९ को बढ्दो संक्रमणका कारण स्थगित भएको क्यानले जनाएको छ ।
क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारणसभा हुन नसक्ने भन्दै अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगत गरेको जनाएको छ ।
यसअघि साउन ४ गतेको क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ गतेभित्रमा साधारणसभा गर्ने निर्णय गरेको थियो । यस्तै, यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि भदौमै गर्ने भनेको साभारणसभा स्थगित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस