बैँक / वित्त

विद्युतीय भुक्तानी प्रोत्साहन गर्न एनआईसी एसिया बैंकले ल्यायो ‘सुपर सिक्स योजना’

super 6

९ भदौ, काठमाडौं । एनआईसी एसिया बैंकले कोभिड १९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।

योजनाअनुरुप ग्राहकले यस बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा छवटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५ सय रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना यही भदौ २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम सय रुपैयाँसम्मको कारोबार ग्राहकले गर्नुपर्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले १५ हजार भन्दा बढी क्युआर मर्चेन्ट मार्फत उत्साहजनक विद्युतीय कारोबार हुंदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहकलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको हो ।

यस असाधारण समयमा ग्राहकहरूको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल, रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । यस योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस