समाचार

महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी ब्रेक फेल भएर दुर्घटना, सात प्रहरी घाइते

police van accident

९ भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको छ ।

मंगलबार बिहान पौने १० बजे पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको बा १ झ ८०६४ नम्बरको भ्यान कीर्तिपुर नगरपालिका-६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो ।

वृत्तका प्रहरीका अनुसार उक्त भ्यानमा ११ जना सवार थिए । त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको छ ।

उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ । घाइते प्रहरीहरूको अवस्था सामान्य रहेको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *