
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका वडा नं.२१ का सभापति गोविन्द रञ्जितकाे कोभिड-१९ को संक्रमणका कारण निधन भएको छ ।
कोरोना भाइरस संक्रमणपछि उपचार गराइरहेका करिब ६० वर्षका रञ्जितको मंगलबार निधन भएको हो । उनलाई एक साताअगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनका परिवारका सदस्यमा पनि कोरोना देखिएको छ ।
कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँका अनुसार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका रञ्जितको मध्यान्ह १२:१७ बजे निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस