समाचार

कोरोनाबाट काठमाडौंमा थप एक जनाको मृत्यु

covid 19 dead body

९ भदौ, काठमाडौं । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत साउन ३१ गतेबाट अस्पतालको आईसीयूमा उपचाररत पुरुषको (आज) दिउँसो १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. प्रवीण नेपालले जानकारी दिए । उनका अनुसार मधुमेह र उच्च रक्तचापको समस्यासमेत रहेको थियो  ।

 योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस