९ भदौ, वीरगन्ज । पर्सामा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र २२ पुरुष गरेर पर्साका ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा वीरगन्ज महानगरपालिका-१२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १/१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।
यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर २ र ५ का गरेर १२ जना, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ का गरेर ५ जना र जिराभवानी गाउँपालिका-४ का १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
मङगलबार ३२ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस