समाचार

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

road accident

९ भदौ, सर्लाही । सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट सशस्त्र प्रहरीका सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ।

बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्रका हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरीको ठक्करबाट मृत्यु भएको हो ।

सोमबार राति रामनगर गाउँपालिकास्थित उनी सवार प्रदेश २–०३–००२ प ५२१० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएकाे थियाे । उनकाे घटनास्थलमै मृत्यु भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस