९ भदौ, काठमाडौं । कर्णाली नदीमा बगेर दुई जना बालक बेपत्ता भएका छन् । दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ भेल्तडीका दुई बालक नदीमा बगेका हुन् । मंगलबार दिउँसो पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार नदीमा बेपत्ता हुनेमा १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी छन् । स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरिबहादुर वलीले नदीमा बेपत्ता भएकाहरुको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको जानकारी दिए ।
खोजी कार्यमा स्थानीय र तीन वटै सुरक्षा निकाय लागिपरेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस