खेलकुद समाचार

गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

Akhtiyar CIAA Nepal

९ भदौ, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा करार सेवामा कार्यरत कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । आयोगले भ्रष्टचार गरेको भन्दै ४ लाख बिगो सहित विषेश अदालतमा मुद्दा दर्ता गरेको हो ।

जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनमा घुस लेनदेन भएको सप्रमाण अख्तियारले उनीहरूलाई पक्राउ गरेको थियो । यादवलाई घुस दिने मतियार भएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि अनुसन्धान हुँदा घुस लिएको कसुर स्थापित भएको अख्तियारले जनाएको छ ।

यस्तै, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सव-इन्जिनियर कोशोरकुमार मोक्तानविरूद्ध १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी अख्तियारदे मुद्दा दायर गरेको छ । निर्माणाधीन आयोजनाको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू रंगेहात पक्राउ परेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस