समाचार

कुलमान घिसिङ बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त !

Kulman Ghising

९ भदौ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने निर्णयको अन्तिम तयारी थालेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई नै दोस्रो कार्यकालका लागि अवधि थप्ने विषयमा सहमति गरेको तर अन्तिम निर्णय भने गरिनसकेको बताइएको छ ।

उनको कार्यकाल सकिनु अघि नै सरकारले म्याद थपेको हो । लामो समय लोडसेडिङको समस्या संग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए ।

घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुन कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेका छन् ।

यद्यपी सरकारको सो निर्णयको आधिकारिक पुष्टि भने भएको छैन । सामाजिक सञ्जालमा कुलमानको पुन: नियुक्तको बिषयलाई लिएर उत्साह छाएको छ भने बधाईको ओईरो समेत देखिन थालेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस