९ भदौ, काठमाडौं । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले निषेधाज्ञा भदौ १७ सम्म कायम राख्न सिफारिस गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको काठमाडौं महानगरपालिकाका मेयरको सचिवालयले जानकारी दिएको छ ।
उक्त समितिमा रहेका अर्का एक सुरक्षा अधिकारीका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोनाको जोखिम उत्तिकै रहेकाले भदौ १७ सम्म निषेधाज्ञा कायम राख्न सिफारिस गर्ने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस