बैँक / वित्त

एटीएममा अनिवार्य स्यानिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन

atm counter

९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो एटीएममा स्यानिटाइजर र टिस्यु पेपर अनिवार्य राख्न निर्देशन दिएको छ ।

कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएको हो ।

सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखित निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका एक अधिकारीले जानकारी दिए ।

एटीएममा धेरै मान्छेको आउँजाउँ भइरहने र यसबाट पनि संक्रमण फैलन सक्ने सम्भावना रहेका कारण सतर्कताका लागि यस्तो निर्देशन जारी गरिएको ति अधिकारीले बताए ।

एटीएमका ढोकाहरु पनि खुलै राख्न राष्ट्र बैंकले भनेको छ । बन्द अवस्थामा रहेका एटीएमका ढोकाहरुमा सबैले छुनु पर्ने भएकाले खुलै राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस