अर्थनीति

कुवेतबाट २३ अगष्टका लागि टिकट काटेका नेपाली २८ तारिखमा फर्कन पाउने

Tribhuvan International Airport

९ भदौ, काठमाडौं । कुवेतबाट पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल फर्कन टिकट काटेका नेपाली नागरिकले आगामी २८ तारिखमा नेपाल आउन पाउने भएका छन् । उडान तालिका प्रकाशन भई टिकट बिक्री भइसकेपछि सरकारले पाँचौ चरणको उद्धार उडान केही दिन रद्ध गरेको थियो ।

सोहीकारण २३ अगष्टमा कुवेत जानुपर्ने नेपाल एयरलाइन्सको जहाज जान पाएको थिएन, उक्त उडान अब २८ अगष्टमा हुने निगमले जनाएको छ । अगष्ट २८ मा यात्रा गर्नका लागि आफ्नो टिकट र होटल बुकिङ्ग पुनः प्रमाणित गर्न नेपाल एअरलाइन्सले अनुरोध गरेको छ ।

अगष्ट २३ को उडान रद्द भएका कारण त्यस उडानमार्फत नेपाल फर्कने टिकट लिएका यात्रुले अगष्ट २६ अर्थात भोलिसम्म होटल र आफूसँग भएको टिकट आफ्नो प्रतिनिधिमार्फत पुनः प्रमाणिकरण गर्न सकिन्छ ।

यसरी सम्पर्कमा आएका यात्रुलाई २८ अगष्टमा हुने उडानमा समावेश गरिने र सम्पर्कमा नआएका यात्रुको पूरै रकम फिर्ता गरिने एअरलाइन्सले जनाएको छ ।

कुवेतबाट नेपाल एअरलाइन्सले २८ र ३१ अगष्टमा दुई वटा चार्टर्ड उडान भर्दै छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस