समाचार

काठमाडौं उपत्यकाको निषेधाज्ञा थपबारे बुधबार मात्र निर्णय हुने

Singha Durbar

९ भदौ, काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा बुधबार मात्रै निर्णय हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले निषेधाज्ञाबारे छलफल गरेपनि कुनै निर्णय नभएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार बुधबार पनि तीन जिल्लाका प्रजिअहरूको बैठक बस्ने सोही बैठकले थप गर्ने या नगर्नेबारे निर्णय गर्नेछ । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले काठमाडौं उपत्यकाभर निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ ।

उपत्यकाका मेयरहरुले पनि निषेधाज्ञा थप गर्न सुझाव दिएका थिए । यसअघि एक साताका लागि जारी भएको निषेधाज्ञा बुधबार राती सकिँदैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस