१० भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमित पुरुष मृत्यु भएको छ ।
कोरोना संक्रमण देखिएपछि साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष काठमाडौंका हुन् ।
प्रतिक्रिया दिनुहोस