समाचार

आज देशका यी स्थानमा ठुलो पानी पर्ने सम्भावना

rain

१० भदौ, काठमाडौं । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका केही स्थानको मौसममा बदली भई हल्का पानी परिरहेको छ ।

अहिले उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडि वाट जलवाष्फ युक्त हावाको प्रभाव रहेकोले देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

आज दिउँसोपछि देशभर सामान्य बदली रही केही  स्थानहरुमा पानी परने सम्भावना रहेको छ भने देश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति पनि देश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस