१० भदौ, नेपालगन्ज । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१ का ती पुरुष सामान्य रुघाखोकी देखिएपछि सोमबारदेखि अस्पताल उपचार गराइरहेका थिए ।
‘रुघाखोकी लागेर अस्पताल पुग्नुभएको रहेछ । राति १ बजेर ३० मिनेटमा मृत्यु भएको हो,’प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्घले भने ।
योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिला, कोहलपुरनगरपालिका २ की ७० वर्षीया वृद्धा र नेपालगन्ज उपमहानगरपालिका ५ का ६० वर्षीयका वृद्धको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस