१० भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।
अघिल्लो दिनको तुलनामा बुधबार छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजाबी सुनको मूल्य पनि चार सयले घटेर तोलाको ९६ हजार ३ सय रुपैयाँमा निर्धारण भएको छ ।
सुनको मूल्य घट्दा आज चाँदी पनि तोलाको १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस