समाचार

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

sankar karki

१० भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका ३ सीता राइस मिलस्थित सडकमा लु.२६प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका २, शंकरनगर बस्‍ने ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस