
१० भदौ, चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामै भागेका युवा बुधबार नुवाकोटमा भेटिएका छन् ।
भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको ती युवक बुधबार बिहान १०:३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस