समाचार

बहुविवाह मुद्दाका दुईजना प्रतिवादी ७ वर्षपछि पक्राउ

arrest

१० भदौ, काठमाडौं । बहुविवाह मुद्धाका फरार दुई प्रतिवादीलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले बहुविवाह मुद्धाको फैसलापछि फरार भएका दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ बस्ने ३४ बर्षिय राजेन्द्र बहादुर खड्का र बाजुरा घर भएकी २७ बर्षिय राधिका खड्का छन् ।

जयपृथ्वी नगरपालिका–९ देवलबाट पक्राउ गरिएका उनीहरुलाई ०७० फागुनमा बझाङ जिल्ला अदालतले २ बर्ष कैद र १६ हजार जरिवाना हुने फैसला गरेका थियो । फैसलापछि उनिहरु फरार थिए । अदालतको आदेशले उनीहरुलाई कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ चलान गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *