समाचार

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

tractor accident

१० भदौ, दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको ईलाका प्रहरी कार्यालय लटिनाथका ईन्चार्ज एवं प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिए ।

मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट सामान बोकेर अपी हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर बुधवार विहान १० बजेतिर रातापानी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मार्मा गाउँपालिका वडा नम्बर १ का १६ वर्षीय विकास नेपाली, सोही ठाउँका ५३ वर्षीय रामसिंह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका वडा नम्बर २ का विरसिंह लोथ्याल रहेको प्रहरी निरीक्षक विष्टले बताए ।

उनले भने, ‘घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । मृतक धामी मार्मा गाउँपालिका वडा नम्बर २ सेलभिसामा पसल सञ्चालन गर्दै आएका थिए ।’

ट्याक्टर चालक कमल लामालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस