बलिउड / हलिउड

कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे ‘केबीसी’को सुटिङ

kbc shooting

१० भदौ, काठमाडौं । बलिउड नायक अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति (केबीसी) १२’को छायांकन एक महिना पछि सारिएको थियो । तर, अब भने अमिताभले यो शोको छायांकन सुरु गरेका छन् ।

हालै केबीसीको सेटका केही तस्बिर सार्वजनिक भएका थिए, जसमा अमिताभ स्वास्थ्य सुरक्षा सावधानीका साथ सुटिङ गरिरहेका देखिएका छन् ।

अमिताभले सामाजिक सञ्जालमा समेत केही तस्बिरहरु सार्वजनिक गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस