समाचार

बाँकेमा ५१ आर्मीसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि

covid 19 test lab

१० भदौ, नेपालगञ्ज । बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले नेपालगञ्जमा २२ जना र कोहलपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार, कोहलपुरमा कोरोना देखिएका ५१ जना कौशिलानगर ब्यारेकका नेपाली सेना हुन् । नेपालगञ्जमा कोरोना देखिएका २२ जनामा ८ जना नेपाल टेलिकमका कर्मचारी रहेका छन् ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस