
१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका २ सय ३०, ललितपुरका ४७ र भक्तपुरका २४ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस