समाचार

उदयपुरमा ८ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

rape

१० भदौ, उदयपुर । ८ वर्षीया आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै नातिनीलाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिकाका ५४ वर्षीय हजुर बुवालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

बुधबार घरका सदस्य नभएको मौकाछोपी आरोपितले बालिकालाई यौनाङ्ग देखाउने र यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।

आरोपितले साउन १२ गतेसमेत बालिकालाई बलात्कार गरेको प्रारम्भिक बयानबाट खुलेको उनले बताए । पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतमा लिई थप अनुसन्धान सुरु गरिएको एसपी दाहालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस