समाचार

पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु

death baby

१० भदौ, जनकपुरधाम । महोत्तरीमा घरनजिकैको पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु भएको छ ।

जिल्लाको बर्दिवास नगरपालिका- १२ निवासी रञ्जित मल्लिकका १४ महिने छोरा विवेक मल्लिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भंगाहा नगरपालिका- ६ र बर्दिबास नगरपालिका- १२ को सिमानामा रहेको सार्वजनिक पोखरीको डिलमा खेल्ने क्रममा अचानक पोखरीमा डुबेर उनको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम गरी परिवार जनलाई बुझाइएको विष्टले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस