
१० भदौ, काठमाडौं । क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलासहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगरका २९ वर्षीय ध्रुब थापा, सोही ठाउँ बस्ने २४ वर्षीया सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनेर २१ लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरुको थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस