समाचार

मोरङका ६ पालिकाले गरे लकडाउन थप एक साता लम्ब्याउने निर्णय

morang 6 palika

१० भदौ, विराटनगर । मोरङमा समुदायस्तरमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ६ वटा स्थानीय पालिकाले लकडाउन थप एक साता लम्ब्याएका छन् ।

मोरङको रंगेली नगरपालिकामा भएको छलफलपछि ६ वटा स्थानीय पालिकाले बुधबारदेखि लागु हुनेगरी एकसाता अत्यावश्यक सेवाबाहेक बजार र यातायात बन्द गर्ने निर्णय गरेका हुन् ।

रतुवामाई, सुनबर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकामा एकसाता लकडाउन थप गर्ने निर्णय भएको रंगेली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।

बैठकले विहान १० बजेसम्म तरकारी तथा दुग्धजन्य वस्तुको बिक्री र पसल सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । बजार पसल खुला नगर्ने, अत्यावश्यक बाहेक सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *