
१० भदौ, काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिव र सो सरहका कर्मचारीहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरूको विभिन्न प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रालयमा सरूवा गरिएको हो।
अर्थ मन्त्रालयबाट ३ जना बाहिरिएका छन् भने २ जना भित्रिएका छन्। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरूवा गरिएको छ
यसैगरी अर्का सहसचिव उत्तरकुमार खत्रीको सरूवा प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव बनाइएको छ ।
सहमहालेखा नियन्त्रक रमेश शिवाकोटीलाई गृह मन्त्रालय पठाइएको छ । गृह मन्त्रालयबाट महेश आचार्य अर्थ मन्त्रालय आएका छन् । पर्यटन मन्त्रालयका सहसचिव कमल भट्टराईको सरूवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा सरूवा भएको छ । बागमती प्रदेशका भगिरथ पाण्डेको सरूवा अर्थ मन्त्रालयमा भएको छ ।
यस्तो छ ६० सहसचिवको सरुवा विवरण