समाचार

प्रहरीमाथि आक्रमण भएपछि झापामा हवाइ फायर, २ प्रहरी घाइते

gun fire

१० भदौ, झापा । झापा गाउँपालिकामा बुधबार साँझ प्रहरीले हवाइ फायर गरेको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले हवाइ फायर गरेको हो ।

करिब २५० जनाको समूहमा आएका व्यक्तिहरूले प्रहरीमाथि आक्रमण गरी दुई प्रहरी घाइते बनाएपछि प्रहरीले जवाफी रूपमा हवाई फायर गरेको जनाइएको छ । प्रहरीले हवाइ फायर गरेपछि आक्रमणकारीहरू तितरबितर भएका थिए ।

प्रतिबन्धित चौपायाको मासु बिक्री गर्ने दुई जनालाई विर्तामोड ल्याउँदै गर्दा बुधबार साँझ साढे ६ बजे हवाइ फायर भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक र सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । आक्रमणकारीले प्रहरीको गाडी समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । घाइते प्रहरीको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस