समाचार

दाङको तुलसीपुर इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी सिल

Tulsipur Meto

१० भदौ, दाङ । दाङको इलाका प्रशासन कार्यालय तुलसीपुर र स्वास्थ्य चौकी सिल गरिएको छ ।

तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सात दिनसम्म कार्यालय सिल गरिएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि कार्यालय सिल गरिएको प्रमुख पाण्डेयले जानकारी दिए ।

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि तुलसीपुर उपमहानगरपालिकाको बुधबार बेलुकी बसेको आपत्कालीन बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस