समाचार

चितवनमा ५ महिने बालकमा पनि देखियो कोरोना, थप ५२ जना संक्रमित

bharatpur hospital

११ भदौ, चितवन । चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ र चितवन मेडिकल कलेजको प्रयोगशाला गरिएको परिक्षणमा २६ जनामा कोरोना पुष्टि भएका हो ।

कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ र तनहुँका एक जनामा संक्रमण पुष्टि छ ।

यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा चितवनको रत्ननगर नगरपालिका भित्रका १४ जना, माडी नगरपालिकाका ९ जना, भरतपुरका २ जना र तनहुँका एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

माडी नगरपालिमामा भने लामो समयपछि संक्रमित भेटिएका छन् । जहाँ ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको छ । वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । उनीहरू सबै क्वारेन्टिनमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस