११ भदौ, पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाृे आइसोलेसन कक्षमा उपचाररत थिइन् ।
उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । अरु कुनै पनि रोग नदेखिएकी महिलाको कोरोनाका कारण मृत्यु भएको गण्डकीमा यो पहिलो पटक हो ।
“उहाँलाई अन्य कुनै रोग थिएन, कोरोना लागेर नै निधन भएको यो पहिलो केस हो,” पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रका निर्देशक डा. अर्जुन आचार्यले भने ।
गण्डकीमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ । भदौमा कोरोनाले मृत्यु भएको यो तेस्रो घटना हो ।