११ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम बिहीबार रोकिएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुन ८ सय रुपैयाँले वृद्धि भएर तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन ८ सयले महँगिदा तेजाबी सुन पनि आठ सयले नै वृद्धि भएर तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय र छापावाल सुनको ९६ हजार ३ सय थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस