विजनेश

निषेधाज्ञाको समयमा समेत मर्मतको ‘होम सर्भिस’ दिँदै निर्माण साथी

Nirman sathi

११ भदौ, काठमाडौं । निर्माण तथा मर्मत सम्बन्धी ई-कमर्स कम्पनी ‘निर्माण साथी’ले घर तथा कार्यालयमा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न आकस्मिक सेवा सुरु गरेको छ । कोभिड-१९ र निषेधाज्ञाबीच प्लम्बिङ, विद्युतीय, एसी, सोलार, रंगरोगन, सिपेज (चुहावट) रोकथाम लगायत ५० भन्दा बढी सेवाहरू दिन थालेको हो ।

कम्पनीका सीईओ कुमार भट्टका अनुसार निर्माण साथीको आफ्नो वेबसाइटमा गएर उपभोक्ताहरुले समस्याको समाधानका लागि आवश्यक सेवा अनलाइनबाटै बूक गर्ने व्यवस्था मिलाइएको छ । साथै ९८४१८११६२३ मा फोन गरेर अफलाइनबाट समेत बूक गर्न सकिने बताइएको छ ।

यसरी बूक गरेको दुई घण्टामै सेवा उपलब्ध गराइने भट्टले बताए । मर्मतको लागि आवश्यक सामग्री समेत निर्माण साथीले नै प्रबन्ध गरिदिने छ । निर्माण साथीका प्राविधिक मर्मतका लागि पुगेपछि गर्नुपर्ने कामको अवलोकन गरी शुल्क निर्धारण गरी काम गर्ने गरिएको छ ।

उपभोक्ता र कर्मचारी दुवैको स्वास्थ्य प्रती सजग हुँदै सेवामा खट्ने कर्मचारीका लागि कम्पनीले मास्क, स्यानिटाइजर र पीपीइको उपलब्ध गराएको छ । कर्मचारीको नियमित स्वास्थ्य परीक्षण गरिने र सम्पुर्ण कर्मचारीको कोरोना बिमा समेत गरिएको बताइएको छ । ग्राहकहरुको सुविधा र स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै विभिन्न माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

निर्माण साथीले दैनिक आइपर्ने समस्याबाहेक इन्जिनियरिङ परामर्श, डिजाईन, घर-निर्माण र घर-सजावटको काम समेत अनलाईनबाटै उपलब्ध गराउने कम्पनीका सह-संस्थापक समेत रहेका भट्ट बताउछन् । हाल काठमाडौ उपत्यकाको लागि मात्र उपलब्ध सेवाहरु निकट भविश्यमै देशभर बिस्तार गरिने योजना रहेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस