समाचार

बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युु

bike accident

११ भदौ, बारा । बारामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस