समाचार

बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु

covid 19 dead body

११ भदौ, काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ कि ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

छातीमा समस्या आएपछि भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगेकी उनमा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस