
११ भदौ, रौतहट । स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित रौतहटमा एक जना पक्राउ परेका छन् ।
भारतबाट नेपाल भित्र्याइँदै गरेको २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित सशस्त्र प्रहरीले आज बिहान राजपुर नगरपालिका–९ का २० वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको हो ।
भारतबाट आउँदै गरेको बीआर ३० एन ९५८० नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए ।
मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त रकमबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस